News Desk
साल्ट ट्रेडिङको सेवा, सरकारको ‘प्रतिष्ठा’, र ’सेल्स हिरोज’
-सरोज ओझा
काठमाडौं-राज्यले दिएको जिम्मेवारीलाई आफ्नो दायित्वको रुपमा ग्रहण गर्दै आएको साल्ट ट्रेडिङले उपभोक्ताको हितलाई केन्द्रमा राख्दै निभाउदै आईरहेको भूमिकाको फेहरिस्त निकै लामै छ । त्यसैले कर्पोरेशनको योगदानको बारेमा कोटयाउन हामी धेरै टाढा गईरहनै पर्दैन । चाहे त्यो नाकाबन्दी होस्, भुकम्प होस् वा कोभिडको कहर, गएको ५-६ बर्षको अवधीलाई नियाल्दा या स्मरण गर्दा पनि साल्ट ट्रेडिङको योगदान बारेको छर्लङ तस्बिर देखा पर्छ । त्यसो त २०२० साल भाद्र २७ गते स्थापना भएको कर्पोरेशनले २०४६ सालको नाकाबन्दी र अन्य अभावका समयमा समेत राज्यलाई सघाउदै आएको छ ।
यस्तै गत हप्ता मात्रै सरोकारवालासँगको छलफल पस्चात उपत्यका स्थित तीन वटै जिल्लाका सिडियोहरुको बैठकले निषेधाज्ञा अवधीमा खाद्यान्न पसल समेत खोल्न नदिने निर्णय लिए । फलस्वरुप गत जेठ १४ गते यता उपत्यकामा कडाईका साथ लागु भएको निषेधाज्ञाका कारण पसलहरु खुल्न सकेनन् । यद्यपी स्थानिय सरकारको आग्रहमा ठुलो जनघनत्व भएको काठमाडौं उपत्यकामा राहत स्वरुप साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रभावकारी ढंगले घुम्ती सेवा संचालनमा ल्यायो । आम उपभोक्ताको घर दैलोसम्म अत्यावश्यक खाद्य सामग्री पुर्याउन कर्पोरेशनले ३ वटा मोबाईल भ्यान परिचालन गर्यो भने केन्द्रिय कार्यालय हाता. कोटेश्वर, भक्तपुर र सतुङल स्थित बिक्री कक्ष समेत सुचारु राख्यो । सेवा प्रदायिकताको विशिष्ठकृत नमुना बोक्दै आएको साल्ट ट्रेडिङकै सहयोगका कारण सरकारको प्रतिष्ठा धुमिल हुन पाएन या भनौ नाक नै जोगियो । अन्य पसलहरु खोल्न प्रशासनले निषेध गरेको स्थितीमा सुपथ मुल्यमा सामाग्रीको बिक्री प्रबन्धन सहितको साल्ट ट्रेडिङको घुम्ती सेवा र साल्ट ट्रेडिङ कै कालिमाटी, कोटेश्वर, भक्तपुर र सतुङल स्थित बिक्री कक्ष सुचारु रहेसँगै आम जनताले राहत महशुस गर्न पाए । डिपार्टमेण्ट स्टोर र किनारा पसलबाट दैनिक अत्यावश्यक खाद्यान्न किन्न नपाएकाहरुले घर टोल छेवैमा आएको घुम्ती पसलबाट दाल, चामल, तेल, चिनी, पिठो, नुन आदी जस्ता आफ्नो आवश्यकताको खाद्य वस्तु खरिद गर्दै छाकको गर्जो टार्न सके । अर्को तर्फ सर्वसाधारणका लागि थप केही दिनसम्म भए पनि खाद्यान्नको जोहो हुन सक्यो । पैसा भएर पनि उपचार नपाए जस्तो पैसा भएर पनि खाने कुराको अभाव हुने परिस्थिती आउन दिएन साल्ट ट्रेडिङले । हुन त सरकारको पूर्ण स्वामित्वको खाद्य तथा व्यापार कम्पनीलाई पनि उस्तै जिम्मेवारी दिइएको थियो तर पनि सेवा प्रवाहको हिसाबले साल्ट ट्रेडिङले अब्बलता प्रस्तुत गरेको प्रस्ट देखियो ।
खाद्यान्न दैन्दनि आवश्यकताको वस्तु मध्येमा पनि अति महत्वपूर्ण भित्रमा पर्दछ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मोबाईल भ्यान अर्थात घुम्ती सेवा र नियमित बिक्री कक्ष मार्फत प्रवाह गरेको सेवाले तिनै अत्यावश्यकिय वस्तुको परिपुर्तिमा आम उपभोक्तालाई सघाउ पुर्याएको त छँदैछ अप्ठ्यारो परिस्थितीमा निजी क्षेत्र सहित मुख्य रुपमा सरकारको प्रतिनिधित्व गर्दै देश र जनताको हितलाई मुखरित गर्दै आएको छ । फलत: देशका हरेक नागरिकहरुको अभिभावकिय भूमिकामा रहेर सरकारको तर्फबाट पुरा गर्नुपर्ने अभिभारा समेतलाई साल्ट ट्रेडिङले उठाउँदै आएको छ । सरकारको अंशिक लगानी मात्र रहेको कर्पोरेशनले सरकारको आग्रहलाई शिरोपर गर्दै यस्तो जटिल अवस्थामा पनि उपत्यकाको ठुलो हिस्सा ओगटेको जनसंख्याको भरणपोषणका निम्ती यसरी काम गर्नु पक्कै पनि कम चुनौतीपूर्ण थिएन । यद्यपी विभिन्न चुनौतीहरुका बाबजुद साल्ट ट्रेडिङले फेरि पनि सरकारको असल सारथी र आम उपभोक्ताको भरोषाका रुपमा आफुलाई दर्हाएको छ ।
पक्कै पनि यसरी सबैको मन जित्दै अघि बढने सिलसिलामा संस्था सुदृढ रहन आवश्यक त रहन्छ नै । र कर्पोरेशनको हकमा कुरा गर्नुपर्दा यस सवालमा कर्पोरेशन चुस्त र प्रभावकारी देखिदै आएको छ ।अराजक तत्वहरुको बाह्य चलखेल र गिद्धे नजरका बाबजुद पनि कर्पोरेशनले आफ्नो अविचलित पाइला अघि बढाउँदै आएको छ । यसको विगत देखी कै ईतिहासलाई केलाएर हेर्दा पनि हरेक चुनौतीलाई सामना गर्ने सामर्थ्य यसले बोक्दै आएको भेटिन्छ । आखिर कर्पोरेशन व्यवस्थापकिय कार्यकौशलता र मातहतका कर्मचारीको लगन र निष्ठापुर्वकको व्यापारका कारण यो संभव भएको मान्न सकिन्छ ।
गएको एक हप्ता अवधीमा कर्पोरेशनको व्यवस्थापनले घुम्ती भ्यान पठाउन आग्रह गरेका तततत् स्थानमा अत्यावश्यकिय वस्तु सहित मोबाईल भ्यान पठाउदै आएको छ भने बिक्री कक्ष समेतमा मानव शंसाधनको व्यवस्थापन गरेको छ । र ती मोबाईल भ्यानहरु र बिक्री कक्षमा खटिदै आएका छन् कर्पोरेशनका केही कर्मचारीहरु । जसलाई ‘सेल्स हिरोज’ को संज्ञा दिन सकिन्छ ।
आम उपभोक्ताको हितलाई केन्द्रमा राख्दै अत्यावश्यकिय सामाग्रीहरुको बिक्री वितरण गर्दै आईरहेको ती तमाम कर्मचारीले सेवा प्रवाहका क्रममा ‘सरकारको कानमा यो मेरो कुरा पुर्याईदिनु’ भन्ने गुनासो देखी साधुवादका हरफहरु बरोबर सुन्ने गरेका त छन् नै त्यस बाहेक पनि नियमित सेवामा खटिदै जनहितमा आफुलाई सपर्पित तुल्याएका छन् ।
हाल कर्पोरेशनले उपत्यकाका तीनै वटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका साथै अन्य स्थानहरुमा समेत दैनिक रुपमा खाद्य सामग्री जनताको घर आँगनमा पुर्याउन सफल भएको छ। बजारबाट आम उपभोक्ताले धेरै राहत महशुस गरेको प्रतिकृया सुन्न पाउँदा आफुहरुलाई संतुस्टि मिल्ने गरेको कर्पोरेशनबाट फिल्डमा खटिदै आएका सेल्सपर्सनहरु चन्द्र ढकाल, सन्तोष सिग्देल, जनार्दन ढुङ्गाले बताए । क्रमश: भ्यान नं १, भ्यान नं २ र भ्यान नं ३ को जिम्मेवारीमा रहेका ढकाल, सिग्देल र ढुङ्गाले कार्यालयले खटाएको स्थानसम्म पुगी कोभिड १९ को कहर माझ आम अपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आएका छन् ।
साल्ट ट्रेडिङका सहायक प्रमुख रहेका सन्तोष सिग्देल भन्छन् ‘सुरुको दिनमा त हामीलाई प्रहरीले नै रोक्यो, तर पछि कुरा बुझेर छाडिदिनु भयो । घुम्ती पसल संचालन गर्दै गर्दा सम्बन्धित टोल वा बस्ती क्षेत्रमा त्यस्तो कुनै समस्या आउन नदिन जनप्रतिनिधी वा सामाजिक अगुवाहरु साथ महत्वपूर्ण रहने महशुस गर्यौ । जस्तो कि उपभोक्ता मंचका राष्ट्रिय अध्यक्ष प्रेमलाल महर्जनको समन्वयमा हामीले मंगलबजार, कुपन्डोल,जावलाखेललगाएतका ठाउँमा हाम्रो घुम्ती सेवाबाट सेवा दिदा हामीले पनि सहजता महशुस गर्यौ’ ।
त्यसो त कर्पोरेशनका अर्का कर्मचारी जनार्दन ढुङ्गाना भन्छन् ‘स्थानीय जनप्रतिनिधिलाई समुदायको समस्या वा आवश्यकता बारे अवगत हुने हुँदा हाम्रा लागि नौलो स्थानमा खटिएर सेवा दिदै गर्दा उहाँहरुको भूमिकाले धेरै भन्दा धेरै समुदायहरुले लाभ उठाउन अवस्था बन्दो रहेछ’ ।
अर्का कर्मचारी चन्द्र ढकाल भन्छन् ‘ हामीले उपभोक्ता अधिकारमुखी संस्था, स्थानिय समुदाय वा जनप्रतिनिधीको साथ पाउँदा पनि धेरै भन्दा धेरै जनताहरुलाई टेवा पुग्छ भन्ने लाग्छ’
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बजार प्रबन्धक प्रज्वल प्रधानले ट्रेडिङले तीन वटा घुम्ती सेवा अर्थात मोटर भ्यान मार्फत सेवा प्रवाह गर्दै आईरहेको जानकारी दिदै भने ‘हाल हाम्रो तीन वटा भ्यानमार्फत दैनिक सरदर साढे तीन लाखसम्म कारोबार हुँदै आएको छ।’ ‘ निषेधाज्ञाले गर्दा सेवाग्राहीहरुलाई साल्ट ट्रेडिङको केन्द्रीय कार्यलय र अन्य स्थलका बिक्री कक्ष पुग्न केही कठिनाई भईरहेको बुझ्नमा आएको छ’ प्रधानले भने । ‘हामीले अर्डर आए पस्चात नागरिकको घर आँगनसम्म खाद्य सामाग्री पुर्याउन कुनै कसर बाँकी राखेका छैनौ
त्यस्तै कर्पोरेशनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले कर्पोरेशनले एक साता यता देखी प्रवाह गरेको सेवा बारे प्रकाश पार्दै भने ‘हामीले घुम्ती सेवा र बिक्री कक्ष संचालन गर्दै आएको कुरा शायद धेरैलाई जानकारी भैसकेको छ, हामीले समुदायलाई लक्षित गरि संचालन गरेका यी जनहितकारी कार्यहरु हाम्रो आफ्नै दायित्व हुन भन्ने ठानेका छौ’ ।
कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले समुदायको हितलाई केन्द्रमा राखेर कर्पोरेशन दत्तचित्त भएर काम गर्दै आएको उल्लेख गर्दै भनिन ‘उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गर्दै अधिक भन्दा अधिक जनसंख्यालाई लाभ पुर्याउने गरि हामीले सेवा प्रवाह गरेका छौ, आगामी दिनमा समेत हामीले आम उपभोक्ताहरुलाई केन्द्र राखेर हाम्रो पाईला अघि बढाउने नै छौ’ ।
पछिल्लो समय संघिय सरकारले साल्ट ट्रेडिङलाई आवश्यक सहयोग नगरेको देखिन्छ नि भन्ने हाम्रो प्रश्नको जवाफ दिदै श्रेष्ठ भन्छिन् ‘हामीलाई पनि कता कता त्यस्तै महशुश गरेका छौ, र यसमा शायद हामीले सरकार संचालन गर्नेहरुलाई बुझाउन नसकेर त्यस्तो भएको पो हो कि भनेर समिक्षा गर्दैछौ, तर हामीले जुनसुकै सरकारको पालामा पनि सघाउदै आएको हो र भोली पनि सघाउदै जाने नै छौ, यो त्यो भन्ने नै हुँदैन । बाटोमा हेरेरै हिंडदै गर्दा पनि कहिले काही ठेस लाग्छ, हामी विचलित हुँदैनौ’ ।