भिडभाड बढेसँगै भोली देखी साल्ट ट्रेडिङका बिक्री कक्ष विहान ७ देखी ९ बजेसम्म खुल्ला राखिने
News Desk
Jun-07 , 2021 तारिख 06:06 बेलुका

 काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशनका बिक्री कक्षहरु जेठ २५ गते देखी विहान ७ देखी ९ बजेसम्मका लागि मात्र खुल्ला राखिने भएको छ । कर्पोरेशनले सोमबार एक सुचना जारी गर्दै उक्त जानकारी गराएको हो । कर्पोरेशनद्वारा जारी सुचनामा भिडिभाड भई संक्रमणको उच्च जोखिम भएकोले बिक्री समय तालिका परिवर्तन गरिएको जनाईएको छ । ‘नेपाल सरकारले आ।ब २०७८/ ०८९ को बजेट वक्तव्यमा घोषणा गरे बमोजिम निषेधाज्ञा अवधिभरको लागि कर्पोरेशनका बिक्री कक्षहरुबाट बिक्री हुने तोकिएको खाद्य वस्तुमा २० प्रतिशतका दरले छुट उपलब्ध गराउने निर्णय भए अनुसार कर्पोरेशनका बिक्री कक्षहरुबाट बिक्री वितरण भईरहेकोमा भिडिभाड भई संक्रमणको उच्च जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय काठमाडौं को मिती २०७८/२/ १९ को निषेधाज्ञा सम्बन्धी आदेश एवम् निर्देशानुसार कर्पोरेशनको बिक्री कक्षहरु मिती २०७८/ २/ २५ देखी बिहान ७ बजे देखी ९ बजेसम्म मात्र बजेसम्म रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ कर्पोरेशनद्वारा जारी सुचनामा उल्लेख गरिएको छ’ ।

साथै यसबाट पर्न गएको असुविधा प्रति कर्पोरेशन क्षमाप्रार्थी रहेको उल्लेख गरिएको छ ।