साल्ट ट्रेड्रिङको घुम्ती पसल आज डल्लु, पाटन र सिनामंगलमा संचालनमा आउने
News Desk
Jun-08 , 2021 तारिख 07:23 बिहान

काठमाडौं, २४ जेष्ठ- साल्ट ट्रेड्रिङ कर्पोरेसन लिमिटेडको मोबाईल भ्यान-घुम्ती सेवा आज उपत्यका स्थित डल्लु, पाटन र सिनामंगलमामा संचालनमा आउने जानकारी कर्पोरेशनका बिक्री प्रबन्धक प्रज्वल प्रधानले जानकारी दिएका छन् । 'आजको हाम्रो रुट डल्लु, पाटन र सिनामंगल हुनेछ, यसका लागि प्रत्येक स्थानमा आवश्यक कर्मचारी सहित एक एक वटा मोबाइल भ्यान परिचालन गरिने छ' उनले जानकारी दिदै भने। सेवा दिउँसो ११ बजे देखी अप्रान्हसम्म सुचारु रहने पनि उनले बताए ।

‘कर्पोरेशनले हाल बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनी ६३ रुपैयाँ २० पैसा, पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गर्दै आएको छ र अन्य केही वस्तुमा पनि हामीले छुट दिएका छौ’ उनले भने ।

कर्पोरेशनले विगत ११ दिन यता नियमित घुम्ती सेवा संचालन गर्दै आएको छ ।