३ सयले बढ्यो आज सुनको मुल्य
News Desk
Jul-06 , 2021 तारिख 11:00 बिहान

काठमाडौं, २२ असार । नेपाली बजारमा आज सुनको मुल्य ३ सयले बढेको छ । सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।