आईब्याक र चाईना चेम्बर अफ कमर्स बीच लगानीका लागि द्धिपक्षीय संम्झौता
News Desk
Jul-14 , 2021 तारिख 05:29 बेलुका

काठमाडौं- बेईजिङ स्थित नेपाल दूतावासको पहलमा चाईना एसोशियसन अफ इन्टर नेशनल विजनेश एडभाईजरी काउन्सील र नेपाल चाईना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज बीच आयात, निर्यात व्यापार अभिवृद्धि गर्ने, लगानी गर्ने, सूचना आदान प्रदान, कृषि प्रविधिमा सहयोग, पर्यटन प्रवद्र्धन, जलश्रोत क्षेत्रमा लगानीका लागि द्धिपक्षीय संम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चाईना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका महासचिव विवेक पौडयाल र चाईना एसोशियसन अफ इन्टर नेशनल विजनेश एडभाईजरी काउन्सीलकोतर्फबाट महासचिव रेन ईफेङले संयुक्त रुपमा अनलाईन कन्फरेन्समार्फत चाइना स्थित नेपाली दूतावासमा हस्ताक्षर गरेका थिए । सो अवसरमा चाइना स्थित नेपाली दूतावासका मिनिस्टर अफ काउन्सिल छविन्द्र पराजुलीले यो समझदारीले दुवै देश बीच व्यापार अभिवृद्धीमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा नेपाल चाईना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका अध्यक्ष त्रिभूवन धर तुलाधरले यस संझौताबाट नेपाल र चाइना बीच व्यापार अभिवृद्धि भई लगानीका अवसरहरुको बृद्धि हुने बताए । चिनीया पक्षको तर्फवाट निकट भविस्यमानै नेपाल भ्रमण गरी यस संम्झौतालाई पूर्ण रुप दिने महासचिव रेन ईफेङले विश्वास दिलाएका थिए ।