News Desk
काठमाडौं-नेपाल चेम्बर अफ कमर्सको निर्यात प्रवद्र्धन समिति गठन भएको छ । नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य सुरेन्द्र भाई शाक्यको सभापतित्वमा गठित समितिको सल्लाहकारमा शरद विक्रम राणा, सहसभापतिमा बिनोद मल्ल र जीवन रत्न शाक्य तथा सदस्यहरुमा क्रमश रविन्द्र शाक्य, महेश्वर श्रेष्ठ, रेशम बहादुर पोखरेल, सुषमा शर्मा तथा मिलन वीर मालाकार मनोनित भएका छन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवद्र्धन समितिमा मनोनित भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई विहिबार मनोनयन पत्र प्रदान गरे ।
नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा निर्यात प्रवद्र्धन क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले निर्यात प्रवद्र्धन क्षेत्रमा चेम्बरले गरिने पहलको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।