रोटरी क्लब अफ बालाजुद्धारा खाद्यान्न सहयोग
News Desk
Jul-26 तारिख 06:23 बिहान

 

काठमाडौं-रोटरी क्लब अफ बालाजुले दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित एक अनाथ आश्रमलाई १० बोरा चामल सहयोग उपलब्ध गराएको छ ।  मानविय सेवाका कार्यहरु गर्दै आईरहेको सन्दर्भमा श्रावण १० गतेका दिन नेप्लिज फेशन होमका अध्यक्ष हेमा मानन्धर मार्फत क्लबका अध्यक्ष शरमेश प्रधानले उक्त सहयोग हस्तान्तरण गरे । 


सो हस्तान्तरण कार्यक्रममा क्लबका सचिव सविना महर्जन, पब्लिक रिलेशन चेयर डा. बिमला शाक्य, सर्भिस कमिटी चेयर शोभा कुमारी पौडेल, रोटरियन रईस श्रेष्ठ आदिको उपस्थिती रहेको थियो ।


क्लबका अध्यक्ष रमेश प्रधानले आगामी दिनहरुमा यस्ता खालका मानविय सेवाका कार्यहरु विभिन्न सामाजिक संघसंस्थाहरुसंग मिलेर गर्दै जाने प्रतिवद्धता जाहेर गरे । नेप्लिज फेशन होमका अध्यक्ष हेमा मानन्धरले यस्ता सामाजिक सेवाका कार्यहरु विगत १५ वर्ष देखिनै गर्दै आईरहेको सन्दर्भमा विभिन्न सामाजिक संघ संस्थाहरुसँग  हातेमालो गर्दै अगाडी बढ्दै जाने बताइन्।