चेम्बर अन्तर्गत सूचना प्रविधि समिति गठन
News Desk
Aug-06 , 2021 तारिख 04:22 बेलुका

 काठमाडौं-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि समितिको सल्लाहकारमा २ जनालाई मनोनित गरेका छन् । अध्यक्ष मल्लले समितिको सल्लाहकारमा बिनोद ढकाल, दीपेश प्रधानलाई मनोनयन गरेका हुन ।

त्यसैगरि, कार्य समिती सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा गठित सूचना प्रविधि समितिको सदस्यहरुमा प्रदीप लामिछाने, अकवर हुसेन, संजीव कुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल र नबिन जोशी मनोनित भएका छन् ।