News Desk
काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कर,राजश्व तथा भन्सार समिति पदाधिकारी एवम् सदस्य चयन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्वारा गठित समितिको सह सभापतिमा टिका राम शर्मा ढुंगेल ,मदन लाल मित्तल तथा सदस्यहरुमा, नयन पंडित क्षेत्री, श्री पुष्कर भुर्तेल, शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता, राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, , प्रभु अधिकारी, कुमार कार्की, रुक्मणी सेढाईं, सन्तोष अग्रवाल, रत्न घिमिरे ,राजेन्द्र प्रजापति सदस्य रहेका छन् ।
उक्त समितिको सभापतिमा चेम्बरका कार्य समिति सदस्य पर्शुराम दाहाल छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समितिका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार मनोनयन पत्र प्रदान गरेका छन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ र उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।