News Desk
काठमाडौं- नेपाल चेम्बर अफ कमर्शकी कार्यसमिति सदस्य लिमा अधिकारी नेपाल महिला चेम्बरको महासचिवमा चयन भएकी छिन् ।अधिकारीलाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले महासचिवमा मनोनयन गरेका हुन । नवनियुक्त महासचिव अधिकारीलाई अध्यक्ष मल्लले मंगलबार मनोनयनपत्र हस्ताण्तरण गरेका छन् । नेपाल महिला चेम्बर नेपाल चेम्बर अफ कमर्श सम्बद्ध महिला उद्यमीहरुको छाता हो । नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ रहेकी छिन् ।
को हुन लिमा अधिकारी ?
लिमा अधिकारी उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरकी सचिव हुन । उनी व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आएकी छिन । उनीसँग औद्योगिक एवम् राजनीतिक पृष्ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । खुलस्त रुपमा भन्नुपर्दा उनी पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्व। भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व। मनमोहन अधिकारीकी भातिजी हुन भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुन । राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गरेकी हुन ।
बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो । उनी विगत दुई दशक यता व्यवसायमा सकृय छिन् । हालसालै मात्र उनी नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् । त्यसो त पछिल्लो समय उनी समाजसेवामा पनि उत्तिकै सकृय छिन । यस मानेमा उनी राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी हुन । लिमा अधिकारीले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर गएको कार्यकालमा सम्पादन गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुन ।