चेम्वर अफ कमर्सबाट आ.ब. २०७८/८९ को मौद्रीक नीतिको समिक्षा गर्दै सुझाव प्रस्तुत
News Desk
Sep-01 , 2021 तारिख 08:05 बेलुका

 नेपाल चेम्बर अफ कमर्शले राष्ट्र वैंकबाट २०७८।४।२९ मा सार्वजनिक भएको आ.ब. २०७८र७९ को मौद्रीक नीतिको समिक्षा गर्दै सुझाव प्रस्तुत गरेको छ । चेम्वरले बुधबार नेपाल राष्ट्र वैंक समक्ष उक्त सुझाव प्रस्तुत गरेको हो ।चेम्बरले सिसिडी रेसियो र पुनर्तालिकीकरण माथि सम्वन्धित रहेर सुझावहरु प्रस्तुत गरेको छ ।

चेम्बरले बैंक तथा बित्तीय संस्थाको सिसिडी रेसियो खारेज गरी नयाँ व्यवस्था अनुसार अधिकतम सिडी रेसियो ९० प्रतिशत कायम गरिएकोमा उक्त व्यवस्थाले बजारमा तरलतामा चाप पर्न गइ वैंकहरुले थप लगानी गर्न नसक्ने हुंदा बैँक तथा वित्तिय संस्थाको कर्जा प्रवाह क्षमता प्रभावित हुने देखिएको तथा यसका कारण ब्याज दर समेत वढन जाने भएकोले पुरानै व्यवस्था अनुरुप सिसिडी रेसियो न्युनतम ८५ प्रतिशत कायम हुनुपर्ने सुझाव पेश गरेको छ ।

त्यसैगरि कोभिड १९को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाबित भएका उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको पुनर्तालिकीकरणको ब्यवस्थालाई नेपाल राष्ट्र वैंकबाट नियमन गरिनुपर्ने सुझाव चेम्बरले पेश गरेको छ ।