सुन प्रतितोला ९४ हजार पुग्यो, चाँदी पनि महँगियो
News Desk
Nov-11 , 2021 तारिख 01:27 बेलुका

काठमाडौँ — केही दिनयता सुनको मूल्य निरन्तर बढेको छ । बिहीबार प्रतितोला १३ सय रुपैयाँले बढेको छ । सो मूल्यवृद्धिपछि छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ ।यसअघि बुधबार छापावाल सुन प्रतिततोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी पनि महँगिएको छ । तोलामा २० रुपैयाँ बढेर चाँदीको मूल्य १२७० रुपैयाँ कायम भएको छ ।   

( कान्तिपुर दैनिक )