News Desk
काठमाडौँ — हालसम्म २० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । ७ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । नबिल बैंकले सबैभन्दा धेरै कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । केही बैंकको लाभांश पोहोरभन्दा घटेको छ । हालसम्म घोषितमध्ये ८ बैंकको लाभांश पोहोरभन्दा कमी हो । घोषितमध्ये एनआइसी एसिया, एनएमबि, सनराइज, कुमारी, बिओके, ग्लोबल आइएमई, मेगा र इन्भेष्टमेन्टको कुल लाभांश पोहोरभन्दा घटेको छ । पोहोर एनआइसीले २० (बोनस १९), एनएमबिले १६.२ (बोनस १३), सनराइजले ८.२४ (बोनस ५.८), कुमारीले १४ (बोनस १०), बिओकेले १६ (बोनस १३), ग्लोबल आइएमईले १६ (बोनस १४), इन्भेष्टमेन्टले १८. ५ (बोनस १३), मेगाले १३.०५ (बोनस १०) प्रतिशत लाभांश घोषणा गरेका थिए ।
लक्ष्मी र एभरेष्टले यसपटक पोहोरजति नै लाभांश घोषणा गरेका छन् । १० बैंकको लाभांश भने पोहोरभन्दा बढेको छ । राष्ट्र बैंकको निर्देशनपछि यसपटक पनि बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । हालसम्म लाभांश घोषणा गरेकामध्ये कुमारी, माछापुच्छ्रे, सानिमा, सिटिजन्स र नेपाल बंगलादेश बैंकको मूल्य समायोजन भइसकेको छ । अर्थात अब यी बैंकको सेयर किन्नेले यो वर्ष लाभांश पाउँदैनन् । त्यस्तै इन्भेष्टमेन्टले मंसिर ६ गते बुक क्लोजको मिति घोषणा गरेको छ । यद्यपि हिमालयनसँग मर्ज प्रक्रिया चलिरहेकाले बैंकको सेयर कारोबार रोक्का छ ।
कुन बैंकले कति घोषणा गरे लाभांश ?
|
बैंक |
सेयर बोनस |
नगद लाभांश |
कुल लाभांश |
|
इन्भेष्टमेन्ट |
१२.६११ |
३.३८१ |
१६ |
|
कुमारी |
६ |
२.६७ |
८.६७ |
|
सिटिजन्स |
१२.९१३ |
३.०८७ |
१६ |
|
ग्लोबल आइएमई |
१० |
३.५ |
१३.५ |
|
नेपाल बंगलादेश |
१२ |
३.५ |
१५.५ |
|
माछापुच्छ्रे |
१३.३० |
०.७० |
१४ |
|
हिमालयन |
२१.३८ |
४.६२ |
२६ |
|
स्टान्डर्ड चार्टड |
१० |
३.०६ |
१३.०६ |
|
सानिमा |
१७ |
०.८९ |
१७.८९ |
|
सिद्धार्थ |
१४.२५ |
०.७५ |
१५ |
|
एनआइसी एसिया |
१५ |
०.७८ |
१५.७८ |
|
बिओके |
१० |
४ |
१४ |
|
नेपाल बैंक |
१४ |
३ |
१७ |
|
एभरेष्ट बैंक |
६ |
४.३२ |
१०.३२ |
|
एनएमबि बैंक |
१२.५ |
३.३ |
१५.८ |
|
नबिल |
३३.६ |
४.४ |
३८ |
|
सनराइज बैंक |
६.६५ |
०.३५ |
७ |
|
मेगा |
१२.०७ |
– |
१२.०७ |
|
प्रभु |
१२ |
०.६३ |
१२.६३ |
|
लक्ष्मी |
८ |
३.५ |
११.५ |
कसरी पाइन्छ लाभांश ?
कम्पनीहरुले लाभांश घोषणा गरिसकेपछि साधारणसभा बस्दछ । साधारणसभा बस्नुअघि कम्पनीले ‘बुक क्लोज’को मिति सार्वजनिक गर्छन् । यसरी बुक क्लोजको मितिभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेका वा होल्ड गरेकाले मात्रै लाभांश पाउँछन् । कुनै कम्पनीले कात्तिक ३० गते बुक क्लोजको मिति तोक्यो भने लाभांश पाउनका लागि २९ गतेसम्म सेयर किनेको वा होल्ड गरेको हुनुपर्नेछ । बुक क्लोजपछि कम्पनीले घोषणा गरेको बोनस सेयरका आधारमा मूल्य समायोजन अर्थात विशेष शुत्रका आधारमा घटाइन्छ । धेरै लगानीकर्ता मूल्य समायोजनमा पनि झुक्किने गर्छन् ।
मानौँ कुनै कम्पनीले १० प्रतिशत बोनस सेयर दिएको छ, भोलि बुक क्लोजको मिति तय भएको छ, आज कारोबार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ छ भने, लगानीकर्ताले १० प्रतिशत बोनस पाउन आज सेयर किनेको वा डिम्याट खातामा हुनुपर्छ । उसले १ सय कित्ता सेयर किनेको खण्डमा बोनसपछि उसको कुल सेयर संख्या ११० हुन्छ । बुक क्लोजपछि ३ सय रुपैयाँ मूल्य समायोजन (३००/१+०.१०) भई प्रतिकित्ता २७२ रुपैयाँ ७० पैसा कायम हुन्छ । साधारणसभा बसिसकेपछि सेयर बोनस डिम्याट खातामा आउँछ भने कर प्रयोजनका अलवा नगद लाभांश पनि घोषणा भएको खण्डमा बैंक खातामा नगद जम्मा हुन्छ । डिम्याट खातामा सेयर आइसकेपछि र नेप्सेमा बोनस सेयर सूचीकृत भइसकेपछि मात्रै बिक्री गर्न पाइन्छ ।
( कान्तिपुर दैनिक )