News Desk
काठमाडौँ — सुनको मूल्य निरन्तर उकालो लागेको छ । एक सातामै सुन तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य हिजोको तुलनामा भने ४ सय रुपैयाँ बढी हो । बिहीबार प्रतितोला ९४ हजारमा छापावाल सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परिरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि एक सातामा ६० रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला १२२५ रुपैयाँ रहेको चाँदी आज १२८५ रुपैयाँ कायम भएको छ । हिजोको तुलनामा भने चाँदी १५ रुपैयाँ महँगो हो ।
( कान्तिपुर दैनिक )