News Desk
काठमाडौँ — साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार २६० रुपैयाँमा झरेको छ ।
( कान्तिपुर दैनिक )