साह स्टुडियो एन्ड कम्पनीले फ्रेन्चाइज प्रतियोगिता 'Miss and Mrs Royal Global Queen Nepal'नामक प्रतियोगिता सुरु गर्ने
News Desk
Jan-13 , 2025 तारिख 10:20 बिहान

काठमाडौँ । एक हजार भन्दा बढी मोडल उत्पादन गरिसकेको कम्पनी साह स्टुडियो एन्ड कम्पनीले  फ्रेन्चाइज प्रतियोगिता Miss and Mrs Royal Global Queen Nepal नामक प्रतियोगिता सुरु गर्ने भएको छ । 

आयोजक साह स्टुडियो एन्ड कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै Miss and Mrs Royal Global Queen Nepal-2025 हुने भएको जनाएको हो ।

प्रतियोगितामा सहभागीका लागि  महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान छ । आवेदन फर्म एभेन्टज एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १८ देखि ४८ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ,बिबाहित ,अविवाहित दुबैलाई प्रलचन गरेर हुन गईरहेको यो प्रतियोगिता नेपालमा पहिलो संसकरण हुँदै छ  । 

प्रतियोगिताको प्रारम्भिक चरणको अडिसन मिति छिटै घोषणा  हुनेछ । अडिसनमा छानिएका प्रतियोगीलाई  एक महिनाको प्रशिक्षणको क्रममा उनीहरूले व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षा पनि लिनेछन् ।

प्रतियोगितामा विजेता १ लाख बराबरको पुरस्कारको अलवा अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता मलेसिया र मुम्बईमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक साह स्टुडियो एण्ड कम्पनीको कार्यकारी निर्देशक मोनु साहले जानकारी दिनुभयो ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको विभिन्न प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजकको भनाइ छ।प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने साहको भनाई छ ।

धेरै पढिएको