'लाज शरणम्’ मा बालेनको र्‍याप
News Desk
Feb-11 , 2025 तारिख 06:50 बिहान

मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्’ मा र्‍याप गाएका छन्। उनको स्वर रहेको ‘नेपाल हाँसेको..’ र्‍याप गीत ‘लाज शरणम्’ टोलीले सार्वजनिक गरेको हो।

 

 

‘नेपाल हासेको…’ बोलको र्‍यापमा बालेनले स्वरमात्र दिएका छैनन, संगीत र शब्द पनि उनकै रहेको छ। गीतमा बालेनले देशको वर्तमान सामाजिक अवस्था र विकासबारे प्रष्ट्याएका छन्।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ।

बालेन काठमाडौँको मेयरमा निर्वाचित भइसकेपछि उनले गाएको कुनै र्‍याप सार्वजनिक भएको थिएन। मेयर भएपछि उनले कुनै पनि गीत गाएका थिएनन्।

बालेनले गाएको र्‍यापले ‘लाज शरणम्’को हाइप अझ बढाउनेमा निर्माण पक्ष विश्वस्त छ। बालेनको लोकप्रियताजस्तै यो र्‍याप र फिल्म दुवै दर्शकले मन पराउने निर्माण पक्षले विश्वास लिएको छ।

फिल्म आगामी फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुनेछ।

फिल्म ‘लाज शरणम्’ हास्य टेलिशृंखला ‘सक्किगोनि’को निर्माण समूहले नै निर्माण गरेको हो। यो फिल्मको लेखक, कलाकारदेखि निर्देशकसम्म सबै ‘सक्किगोनि’ शृंखलाको समूह नै रहेको छ।

‘लाज शरणम्’को मुख्य चरित्र भने सिताराम कट्टेल ‘धर्मुस’ ले निर्वाह गरेका छन् भने निर्देशन कुमार कट्टेलले गरेका छन्। 

फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतको अभिनय रहेको छ।

धेरै पढिएको