लिटिल प्राईड अफ नेपाल सातौं संस्करणको ग्राण्ड फिनाले सम्पन्न
News Desk
Feb-27 , 2025 तारिख 12:27 बेलुका

काठमाण्डौ । बालबालिकाहरुको नृत्य र गायन प्रतियोगिता लिटिल प्राईड अफ नेपालको ग्राण्ड फिनाले सम्पन्न भएको छ। जस अन्तर्गत जुनियर नृत्य समूहमा काव्य पौडेलले उपाधि हात पारेकी छिन् भने दियंका अधिकारी फस्ट रनरअप र संस्कृति गुरुङ सेकेण्ड रनरअप घोषित भए। रसिका खातीवडा, युवरानी पराजुली, र अलिशा पौडेल क्रमशः तेस्रो, चौथो, र पाँचौं रनरअप बने। प्रतियोगितामा युवरानी पराजुलीले मोस्ट पपुलरको उपाधि जितिन् भने काव्य पौडेल र अलिशा पौडेलले पब्लिक च्वाइसको उपाधि हात पारे।

त्यस्तै सिनियर नृत्य समूहमा नाव्या कार्की विजेता घोषित भइन्। अञ्जल खड्का र सुरज तामाङले क्रमश फस्ट र सेकेण्ड रनरअपको स्थान हासिल गरे भने अश्लेषा बालामी, आयुना खड्का र सखिना कोईराला क्रमशः तेस्रो, चौथो, र पाँचौं रनरअप बने। दिपिका गुरुङ मोस्ट पपुलर विनर घोषित भइन् भने उनीशा तिमल्सिना र आकांक्षा श्रेष्ठ ले पब्लिक च्वाइस को उपाधि हात पारे।

त्यस्तै गायन समूहमा आरोही खरेलले उत्कृष्ट प्रस्तुति दिँदै विजेता बनेकी छिन् । जसमा अयुन गुरुङ फस्ट रनरअप र रियान्श न्यौपाने सेकेण्ड रनरअप घोषित भए भने श्रीयान्श रिसाल थर्ड रनरअप बन्न सफल रहे। अयुन गुरुङले मोस्ट पपुलर विनरको उपाधि जिते भने आवास श्रेष्ठ पब्लिक च्वाइस विनर घोषित भएका छन्।

प्रतियोगितामा प्रमोद डीजि र शंकर अधिकारी 'घायल' ले गायन विधाको निर्णायकका रूपमा योगदान दिए भने श्याम मोक्तान र दक्षिणा लामाले नृत्य विधाको निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

धेरै पढिएको