संगीत सर्जकहरूलाई ३५ लाख रुपैयाँ रोयल्टी वितरण
News Desk
Mar-10 , 2025 तारिख 04:14 बेलुका

काठमाडौं । विभिन्न गीतका स्रष्टा तथा सर्जकलाई कुल ३५ लाख रुपैयाँ बराबरको संगीत रोयल्टी वितरण गरिएको छ। संगीत रोयल्टी संकलन समाजले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा १०० भन्दा बढी सर्जकले आफ्नो रोयल्टी रकम प्राप्त गरेका हुन्।

समाजका महासचिव तथा गीतकार बी. पाण्डेका अनुसार डिजि-टेनमेन्ट नामक एग्रिगेटरमार्फत २०१६ देखि २०१९ सम्म एनसेल नेटवर्कबाट संकलित रोयल्टी रकम वितरण गरिएको हो।

यस क्रममा अर्जुन पोखरेल, राजनराज शिवाकोटी, श्रीकृष्ण बम मल्ल, आशिष अविरललगायतका चर्चित संगीतकर्मीले रोयल्टी बुझेका छन्।

सबैभन्दा धेरै रकम अर्जुन पोखरेलले प्राप्त गरेका छन्, जसलाई ५ लाख ८८ हजार रुपैयाँ प्रदान गरिएको छ। साथै, फेसबुकबाट संकलित रोयल्टी रकम पनि चाँडै वितरण गरिने योजना रहेको समाजले जनाएको छ।

हालैका वर्षहरूमा ‘रिङ ब्याक टोन’ सेवा मार्फत हुने आम्दानीमा गिरावट आएकोले स्रष्टाहरूले यसबापतको रोयल्टी रकम भने कार्यालयमै आएर बुझ्ने प्रथानै कायम रहेको छ।

धेरै पढिएको