News Desk
काठमाडौँ । रङ्गकर्मी सरिता गिरिले कलाकारको रूपमा काम गर्दा थिएटर र चलचित्र फरक पाटो भएको बताइन् । "विश्वभरका कथाहरूको उत्सव" आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा जारी छलफललाई "रङ्गमञ्च कि रङ्गिनपर्दा" मा उनले रङ्गमञ्च र महोत्सवमा दर्शक कमी भएकाले यो कस्कालागी गरिएको हो भन्ने भान हुन थालको बताइन् ।
पत्रकार सुकृत नेपालले सहजीकरण गर्नु भएको कार्यक्रममा गिरिले यस्ता खाले महोत्सवहरू जुधाउदाँ पनि दर्शकहरूको कमी भएको बताइन् ।
रङ्गकर्मी प्रमोद अग्रहरीले घर बनाउन जग मजबुत बनाएझैँ रङ्गमञ्चबाट पर्दामा जादाँको खुटकिला भएको बताए । उनले स्वयं आफू को हो र के गर्दै छु भन्ने थाहा नहदाँ यस्यो अवस्था सिर्जना भएको बताए ।
उनले" रङ्गमञ्च धेरै जरुरी छ । पैसा पनि हो । खोट लगाउने काम पनि हो । सिमित समयमा कोही मान्छे पनि कलाकार बन्न सक्दै । यो एकदमै ठुलो काम हो ।"
अभिनेता बुद्धि तामाङले, रङ्गकर्मीहरूले रङ्गमञ्चबाट रङ्गिन पर्दामा जान फरक परिस्थिति सिर्जना भएको बताएका छन् ।
"चलचित्रमा वा रङ्गमञ्चमा आउँन खुट्किला नै रङ्गमञ्च भएको बताए । " उनले, रङ्गिनपर्दा र रङ्गमञ्चको स्वाद फरक हुने बताए ।
रङ्गकर्मी सिर्जना अधिकारीले नाटक यस्तो विदा हो जहाँ निर्देशकले कलाकारलाई काम गराए पछि सबै कुरा कलाकारले सम्हाल्नु पर्छ तर, चलचित्रमा सहयोगिहरू धेरै हुने बताइन् ।
उनले,"राइटर बढि हुनुहुन्छ । पुरूष राइटर धेरै हुनाले यस्तो अवस्था भयो जस्तो लाग्छ । चलचित्रमा चरित्र पनि महत्त्वपूर्ण छ । तर, यहाँ चरित्र टिकाउन प्रयास नै गरिन्न ।"
उनले, कलाकारको चरित्र सानो ठुलो हुदैन । नाटक नै धेरै छ । म साच्चै नै थिएटरबाट नै आर्थिक रूपमा काम गरेर अगाडि बढेको हो । थिएटरमा पैसा छैन भन्ने कुरा आफु नमान्ने उनले बताइन् ।