News Desk
काठमाडौं। सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको Newa Maicha Boucha Nepal Sambat 1146 को ग्राण्ड फिनाले शनिबार राजधानी काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा वरिष्ठ कलाकार नारायदेवी प्रधान प्रमुख अतिथि रहनुभएको थियो। प्रतियोगितामा सहभागी बालबालिकाले आफ्नो सांस्कृतिक ज्ञान, व्यक्तित्व, अनुशासन, प्रतिभा र प्रस्तुतीकरणका आधारमा उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए। मूल्याङ्कनका क्रममा प्राप्त अंकका आधारमा आयोजकले मुख्य तथा अन्य उपाधिका विजेताहरू घोषणा गरेको छ।
मुख्य उपाधितर्फ Newa Maicha (महिला समूह) को विजेता अनुसिया मानन्धर घोषित भइन् भने समाना महर्जन (मल्टिमिडिया) पहिलो रनर–अप र नेरिशा महर्जन दोस्रो रनर–अप बने। त्यसैगरी Newa Boucha (पुरुष समूह) मा निर्वेश श्रेष्ठ (पर्सनालिटी) विजेता बनेका छन्। यस समूहमा अथर्व प्रधान पहिलो रनर–अप तथा अनम दर्शी वज्राचार्य दोस्रो रनर–अप घोषित भए। अन्य उपाधितर्फ मेधावी तुलाधरले अनुशासन, उन्नति बज्राचार्यले एकतिभ, निभा महर्जनले शैक्षिक, जैज्बी येछु श्रेष्ठले बुद्धिमान, अकिला शाक्यले चित्रमय, सियोना मानन्धरले सह–पाठ्यक्रम, उत्सव श्रेष्ठले उत्कृष्ट पोशाक, समृद्धि महर्जनले शैली आइकन, पुवा उर्जा तुलाधरले उत्कृष्ट मुस्कान, अभिषेक श्रेष्ठले आकर्षक, युवानी महर्जनले उत्कृष्ट नेपाल लिपि, ऐशना महर्जनले नेतृत्व, अर्दिता महर्जनले उत्कृष्ट संस्कृति, प्रशन्न महर्जनले प्रतिभा, सदिच्छा महर्जनले उत्कृष्ट नेपाल भाषा तथा आराग्या तुलाधरले इनोसेन्ट उपाधि प्राप्त गरे।
कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक, निर्णायक, प्रशिक्षक तथा सरोकारवालाप्रति आयोजक Kalash Events ले हार्दिक आभार व्यक्त गरेको छ। कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी कार्यकारी अध्यक्ष सञ्जय महर्जन तथा प्रबन्ध निर्देशक वर्षा महर्जन ले उपलब्ध गराएका हुन्।