नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज) को शैक्षिक निर्देशकमा चितवनका युवा व्यवसायी महेश लामिछाने नियुक्त
News Desk
Aug-14 तारिख 02:52 बेलुका

काठमाडौँ — श्रावण २९, २०८२। 

नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज) को शैक्षिक निर्देशकमा चितवनका युवा व्यवसायी महेश लामिछाने नियुक्त भएका छन् । 

यसै वर्ष मात्रै सिटीईभिटी अन्तर्गतको ३ वर्षे स्टाफ नर्स, सामान्य चिकित्सा (एचए) र फार्मेसीका लागि सम्बन्धन प्राप्त गरेको नेपाल भारत मैत्री अस्पतालले काठमाडौंको मित्रपार्कमा एक सय शैयाको अस्पतालसहित स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ भने शिक्षण कलेज हाँडीगाँउमा संचालन गर्दैछ। 

कलेजले लामिछानेलाई बुधवार शैक्षिक निर्देशकमा नियुक्त गरेको हो । लामिछानेको नियुक्तीसँगै अस्पतालले शैक्षिक क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास रहेको अध्यक्ष पवन पाठकले जनाए ।

लामो समयदेखि चितवनमा रहेर स्वास्थ्य शिक्षा सम्वद्द व्यवसाय संचालन गर्दै आएका लामिछानेले अस्पताललाई नयाँ उचाईमा लैजाने योजना रहेको सुनाए । साथै अस्पतालले यसै वर्ष मात्रै सिटीईभिटी अन्तर्गतको ३ वर्षे स्टाफ नर्स, सामान्य चिकित्सा (एचए) र फार्मेसीका लागि सम्बन्धन प्राप्त गरेकाले यसको स्तरोन्नति तथा संचालनमा चुनौती र अवसर दुवै रहेकाले आफ्नो कार्यकालमा देशकै एक उत्कृष्ट शिक्षण कलेज बनाउने सोच रहेको बताएका छन । 

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुको आवेदन फारम भर्ने काम धमाधम भईरहेको तथा प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै नवनियुक्त शैक्षिक निर्देशक लामिछानेले सिपमुलक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्न आफूहरु उत्साहित रहेको जनाएका छन। 

धेरै पढिएको