सूर्य चन्दको निर्देशनमा ‘दैब कसम कोरोनाको’ (भिडियोसहित)
News Desk
Jun-05 , 2020 तारिख 08:00 बिहान

काठमाडौं, जेठ २३ । सञ्चारकर्मी सूर्य चन्दको निर्देशनमा रहेको गीत ‘दैब कसम कोरोनाको’ सार्वजनिक भएको छ । रञ्जना दाहालको शब्द तथा स्वर मा रहेको सन्देशमुलक गीत ‘दैब कसम कोरोनाको’ भिडियो सार्बजनिक हो । गीतमा शिशिर भण्डारीको लय सङ्गीत र कुशल सिंहको एरेञ्ज रहेको छ । महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायाँकन तथा सम्पादन गरेको गीतको भिडियोमा रञ्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाई फिचर्ड गरिएको छ । कोभिड-१९ले गर्दा लाखौं नेपाली भोक भोकै मर्ने अबस्था आएकोले गर्दा मानबसेवा नै सबै भन्दा ठूलो धर्म भएको र सेवाभाबमा समर्पित भई एकजुट भएर अगाडि बढ्न रञ्जनाले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छन ।

धेरै पढिएको