‘शिरमा फूल’ लिएर आए मिना, सन्तोष र प्रकाश (भिडियोसहित)
News Desk
Jun-11 , 2020 तारिख 04:26 बेलुका

मिना कार्कीको स्वर, प्रकाश केसीको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीत ‘शिरमा फूल’ सार्वजनिक भएको छ । पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत ‘शिरमा फूल…’को अडियो भिडियो सार्वजनिक गरिएको हो ।

 

देवेन्द्र नेवाःको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा मास्टरिङमा रहेको गीतको भिडियोमा समीक्षा पोख्रेल र कैलाश कठायतको अभिनय रहेको छ । उत्सव दाहालको छायाँन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको छ गीतको भिडियोमा । एभरेष्ट ग्यालरीको युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।

यो गीत आधुनिक गीति एल्बम ‘सदिक्षा’ मा रहेको छ । ‘सदिक्षा’ कोरोना सङ्क्रमणका कारण औपचारिक सार्वजनिक हुन सकेको छैन । सहज वातावरणमा सदिक्षा एल्बम एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिने सङ्गीतकार सन्तोषले जनाकारी गराए ।