Devil Singh Rajput
लोकप्रिय गायिका बिमला गैरे र गायक प्रेम कुमार गैरेको स्वरबद्ध तीज गीत "चुरा नारीमा" सार्वजनिक भएको छ। उक्त गीतको शब्द/संगीत सर्जक गोबिन्द सुनामले गरेका छन् ।
सार्वजनिक उक्त गितमा गोबिन्द सुनाम र ममता सुनामको प्रस्तुती रहेको छ भने यस गीतलाई परिनिर्वाण क्रियशन प्रा.ली. ले बजारमा ल्याएको हो।
नेपाली गित संगितमा मात्र नभइ भोजपुरी चलचित्रमा समेत सर्किय अहिलेका चर्चित निर्देशक
/कोरियोग्राफी एवम् डान्स डाइरेक्टर राजकुमार दर्जिले यस गितको निर्देशन गरेका छन् । बहुचर्चित मोडल तथा नायिका अञ्जली अधिकारीले महिला मोडलको भुमिका निर्वाह गरेकीछन् भने उनलाई निर्देशक तथा नायक राजकुमार दर्जीले साथ दिएकाछन् ।यो गीतलाई पिबि मियुजिक क्रियशनको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।