News Desk
काठमाडौं— श्रावण १६, २०७७।
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध उनकी पत्नी आलियाले प्रहरीमा उजुरी दर्ता गरेकी छिन्।
मुम्बईस्थित वर्सोवा प्रहरी स्टेशनमा उजुरी दिएकी हुन्।
नवाजुद्दीनसँग अलग भइसकेकी आलियाले २७ जुलाईमा दर्ता गरेको उजुरीमा जानी जानी कसैमाथि चोट पुर्याएको, अपमानित गरेको, धम्की दिएको तथा अपराधिक कार्य गरेको आरोप छ। प्रहरीले नवाजुद्दीनलाई नोटिस पठाइसकेको बताएको छ। तर, अहिलेसम्म उनलाई पक्राउ गरेको भने छैन।
आलियाले भारतीय कानुन अनुसार आईपीसीको धारा ३२३, ३५४ (जानी जानी कोहीमाथि चोट पुर्याएको), ५०४ (शान्ति भंग गर्ने उद्देश्यले जानी जानी अपमान गरिएको), ५०६ (धम्की दिएको) तथा धारा ३४ अनुसार आपराधिक कार्य गरेको आरोप लगाएकी छिन्।
नवाजुद्दीनमाथि आफ्नो भाइको गल्ती लुकाएको आरोपसमेत आलियाले लगाएकी छिन्। उनले दिएको उजुरीमा भनिएको छ, "मेरो भतिजीले मलाई भनेकी थिइन्, मलाई अंकलसँग नपठाउनु, अंकलले मलाई नराम्रो व्यवहार गर्छन्।"
देवर मिनाजुद्दीनले उनकी छोरीमाथी २०१२ मा यौन शोषण गरेको तथा अश्लील भिडियो समेत पठाएको आरोप उजुरीमा उल्लेख गरेकी छिन्।
आफूले त्यसको प्रतिकार गर्दा देवरले कुटपिट गरेको समेत आलियाले बताएकी छिन्। त्यो समय मुम्बईमा रहेको श्रीमानलाई यो बारे जानकारी गराउँदा अहिले उ करिअरको शुरूआतमा छ, केही गर्यो भने उसको भविश्य बर्बाद हुन्छ भन्दै केही नगरेको आलियाको आरोप छ।
(एजेन्सी)