प्रहरी र एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबीच बानेश्वरमा झडप
News Desk
Feb-16 , 2022 तारिख 07:51 बिहान

काठमाडौँ — फाल्गुन ४, २०७८। 

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा काठमाडौंस्थित नयाँ बानेश्वरमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।

प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

सोही क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल परेको थियो ।