मिडल्सब्रोलाई २–० ले हराएर चेल्सी सेमिफाइनलमा
News Desk
Mar-20 , 2022 तारिख 02:41 बेलुका

लन्डन — चैत्र ६, २०७८। एएफपी

चेल्सीले लगातार तेस्रो पल्ट एफएकपको सेमिफाइनल याात्रा निश्चित गरेको छ । लुकाकुको खेलबाट प्रेरित चेल्सीले च्याम्पियनसिप क्लब मिडल्सब्रोलाई २–० ले हरायो ।

रोमन अब्रामोभिचले क्लब बिक्रीमा राखेयता यो टिमको लगातार छैटौं जित पनि रहेको छ । सात खेलमा दोस्रो गोल गर्ने क्रममा बेल्जियमका लुकाकुले चेल्सीलाई अग्रता दिलाए ।

रिसारसाइड स्टेडियममा भएको खेलमा हाकिम जियेचले दोस्रो गोल थपे । लिभरपुलविरुद्धको लिगकप फाइनललाई छाडेर चेल्सीले पछिल्ला १३ मध्ये १२ खेल जितेको छ ।

क्वाटरफाइनल पुग्ने क्रममा म्यानचेस्टर युनाइटेड र टोटनहलाई हराएको मिडल्सब्रोले चेल्सविरुद्ध भने बलियो चुनौती पेस गर्ने सकेन र उसको यात्रामा पूर्णविराम लाग्यो ।