आमाको निधनपछि आईसियुमा इरफान खान
News Desk
Apr-28 , 2020 तारिख 04:47 बेलुका

एजेन्सी, १६ बैशाख । चर्चित बलिउड अभिनेता इरफान खान अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका छन् । इरफानलाई बिदेशकै अस्पतालमा आइसियूमा भर्ना गरिएको हो ।

हालैमात्र इरफानकी आमा सइदा बेगमको नि’धन भएको थियो । उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए ।

बलिउड अभिनेता इरफान खानकाे आमाकाे निधन , भिडियो कलबाट हेरे अन्त्येष्ट्री

उनी लकडाउनका कारण मुम्बईमा रोकिएका छन् । खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए । खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो ।

५४ वर्षीया इरफानको उपचार अहिलेपनि चलिरहेको छ । यही कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए । हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो । तर कोरोना भाइरसका कार उक्त फिल्म व्यवसायिक रुपमा सफल हुन् सकेन ।

जे होस् अभिनेता इरफान खानको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

फिचरमामा प्रयाेग गरिएकाे फाेटाे फाईलमात्र हाे