लिसंखुपाखर गाउँपालिकाको उपाध्यक्षमा जित सुनिस्चित गर्दै अनिता योण्जन लामा
News Desk
May-07 , 2022 तारिख 01:40 बिहान


सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका उपाध्यक्षमा जित सुनिस्चित गर्ने दौडमा रहेकी अनिता योण्जन लामाको पक्षमा माहौल देखिएको छ । चुनावी  अभियानमा सकृय रहदै मतदाताको घरदैलोमा मत माग्न व्यस्त लामाले आफ्नो पक्षमा जनमत रहेको निर्क्यौल निकालेकी छिन् । ‘म चुनावी अभियानका क्रममा यहाँका टोल बस्ती पुगिरहेको छु, मतदाता आमा, बुवा, दाजु, भाई, दिदी, बहिनी सबैबाट सकारात्मक  प्रतिकृया  पाईरहेको छु, मेरो जित्ने आधार नै उहाँहरुको माया र विश्वास हो, त्यो मैले हासिल गरेको अनुभुती गरेको छु, त्यसैले चुनाव जितिनेमा म ढुक्क छु’ उनले आफ्नो जित सुनिश्चित भएको संकेत गर्दै भनिन् ‘हामीले प्रतिबद्धता गरे अनुरुप जनताको पक्षमा काम गर्न म चुक्ने छैन् भन्ने विश्वास दिलाउदै आएको छु, उहाँहरुलाई निराश पार्दिन भनेको छु, अधिकांश मतदाता उत्साही देखेको छु, यही नै मेरो जितको आधार हो’ । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, बिजुली, कृषि, पर्यटन आफनो प्राथमिकताको क्षेत्र रहेको उनको भनाई छ । आफु निर्वाचित भए पछि यस बाहेक पनि महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक लक्षित विभिन्न प्रभावकारी कार्यक्रमहरु पस्कने योजना राखेको उनले बताईन्                            ।                               

नेकपा (एकिकृत समाजवादी) बाट  आफ्नो दावेदारी पेश गरेकी लामाको चुनाव चिन्ह कलम रहेको छ ।  


लामो समय देखी सामाजिक कार्यमा सकृय अनिता योण्जन लामा लिसंखुपाखर गाउँपालिका क्षेत्रमा मात्र नभई                        जिल्लामा समेत लोकप्रिय मानिन्छिन् । सामाजिक अभियानमा  सकृय रहदै गर्दा उनले भुकम्प, नाकाबन्दी, कोरोना महामारी र अन्य समयमा विभिन्न राहत सामाग्री समेत वितरण गर्दै आएकी छिन् ।

धेरै पढिएको