कोलकाताको प्ले अफ सम्भावना कायम
News Desk
May-10 , 2022 तारिख 01:49 बेलुका

मुम्बई — वैशाख २७, २०७९। एजेन्सी 

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सोमबारको खेलमा कोलकाता नाइटराइडर्सले मुम्बई इन्डियन्सलाई सजिलै ५२ रनले पराजित गरेर आफ्नो प्ले अफ सम्भावना जीवन्त राखेको छ।

भेंकटेस अय्यरोको आक्रामक २४ बलमा ४३ रनको मद्दतले कोलकाताले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ६५ रन बनाएको थियो । त्यसमा नितिश राणाले पनि २६ बलमा ४३ रन नै बनाए ।

जवाफमा मुम्बई १७.३ ओभरमा १ सय १३ रन मात्र बनाउन सफल भयो । यो जितपछि कोलकाता १० अंकमा सातौं स्थानमा रह्यो ।

यो शीर्ष चार स्थानबाट चार अंकको दूरी हो । कीर्तिमान पाँच पटकको विजेता भने यसअघि नै प्ले अफ सम्भावनाबाट बाहिरिसकेको छ । यो उसको ११ खेलमा नवौं हार हो ।