नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त
News Desk
May-18 , 2022 तारिख 01:57 बिहान

नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त

काठमाडौँ । भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो ।


भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका हुन् ।

धेरै पढिएको