आईपीएल : लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
News Desk
May-26 , 2022 तारिख 11:02 बिहान

काठमाडौं ─ १२ जेठ २०७९ 

काठमाडौं, लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ । बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए ।

बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । बैंगलोरका लागि रजत पटीदरले अविजित ११२ रन बनाए ।