आज बजेट सार्वजनिक हुँदै, ४ बजेट बजेट भाषण सुरु हुने
News Desk
May-29 , 2022 तारिख 10:45 बिहान

काठमाडौं  ─ १५ जेठ २०७९

काठमाडौं, आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट आज सार्वजनिक हुँदैछ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो । संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ ।