थप कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ नयाँ उचाइमा
News Desk
Jun-09 , 2022 तारिख 12:38 बेलुका

काठमाडौं  ─ २६ जेठ २०७९

काठमाडौं, नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । 

बुधबार अमेरिकी डलरको विनियम दर १२४. ६४ रुपैयाँ थियो । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।