News Desk
पाल्पा - ३१ जेठ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक जनालाई पक्रेको छ ।
पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापा जानकारी दिएका छन।
रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि रिब्दीकेट गाउँपालिका वडा नं.२ को सानोदमकस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ ।
पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गरेर विकलाई पक्रेको हो ।