News Desk
काठमाडौं ─ १७ साउन २०७९
काठमाडौं, साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।
बंगलादेशविरुद्धको आजको यु–२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।