News Desk
काठमाडौ । तारकेश्वर शैक्षिक मञ्चको दोस्रो अधिवेशनबाट अध्यक्षमा स्प्रींग भ्यालि का प्रिन्सिपल नवराज न्यौपाने चयन भएका छन। शुक्रबार तारकेश्वर ६ मा अवस्थित काठमाडौ रिभर साईट रिसोर्टमा भएको दोस्रो अधिवेशनले सर्वसहमतीमा नेतृत्व चयन गरेको हो ।
त्यस्तै मन्चका अन्य पधाधिकारिहरुतर्फ उपाध्यक्षमा झनक राज शर्मा, सचिवमा अवसर पौडेल, कोषाध्यक्षमा रामेश्वर सिंखडा, सदस्यहरुमा सुमन श्रेष्ठ ,विराज कुमार राई, रेमकान्त पाठक गरि ७ सदस्यीय कमिटी चयन भएको छ। तारकेश्वर शैक्षिक मञ्च तारकेश्वर नगर भित्र संस्थागत विद्यालयको संगठन हो । यसको हरेक २ वर्षमा अधिवेशन हुने गर्दछ।