बिमल ठकुरी नेपाली कांग्रेसको केन्द्रीय सूचना,संचार तथा प्रचार विभागको सदस्यमा मनोनयन
News Desk
Sep-03 , 2020 तारिख 12:32 बेलुका

काठमाडौं- नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी नेपाली कांग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागको सदस्यमा  मनोनित भएका छन् । बुधबार सभापति शेरबहादुर देउवाले  विभाग विस्तार गर्ने क्रममा ठकुरी पनि समावेश भएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका छन्। कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले एक विज्ञप्ती जारी गर्दै देउवाले विधान बमोजिम विभागमा ४८ जनालाई मनोनयन गरेको जनाएका हुन्।

देउवाले विभागको उपप्रमुखमा डा सुरेश आचार्य र सचिवमा दिनेश थापालाई मनोनित गरेका छन्।

पछिल्लोपटक सभापति देउवाले पार्टी अन्तर्गतका विभिन्न विभागहरु विस्तारै गर्दै लगेका छन्। महाधिवेशनको तयारी स्वरुप उनले विभागमा मनोनयन गर्ने कार्यलाई तिव्रता दिएको बताइएको छ।