बागलुङ हिँडेको गृहमन्त्रीको टोली स्याङ्जाबाट फर्कियो
News Desk
Sep-03 , 2020 तारिख 05:24 बेलुका

काठमाडौं — भाद्र १८, २०७७ । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी पीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दङ हिँडको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को टोली मौसम खराबका कराण फर्किएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले मौसम खराब भएपछि स्याङ्जासम्म पुगेर गृहमन्त्रीसहितको टोली पोखरा फर्किएको रातोपाटीलाई जानकारी दिए ।

‘मौसम खुलेपछि बागलुङ जाने तयारी भइरहेको छ,’ प्रेस सल्लाहकार भट्टराईले भने, ‘गृहमन्त्रीसहितको टोली अहिले पोखरा विमानस्थलमा छ । मौसम नखुले काठमाडौँ नै फर्किनेछ ।’

बाढी पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन् ।

गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।

वेपत्ताहरुको खोजीकार्य जारी छ । 

(रातोपाटी)