आजको मौसम : देशभर सामान्यतया मौसम बदली रहने, केही स्थानमा वर्षाको सम्भावना
News Desk
Sep-04 , 2020 तारिख 10:51 बिहान

काठमाडौं- आज देशभर सामान्यतया मौसम बदली रहने र केही स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ अवस्थित छ।

केही दिन यता प्रदेश १, २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आसपासका क्षेत्रमा मेघ गर्जन,चट्याङ्सहित वर्षा गराउने बादल विकास भई मेघ गर्जन, चट्याङ् सहित वर्षा भइरहेको छ। यो अझ सक्रिय हुँदै पश्चिम सर्ने क्रममा रहेको छ।

आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।