प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादनको निर्णयप्रति प्रदिप पौडेलको असहमती
News Desk
Jan-10 , 2023 तारिख 08:23 बिहान

नेपाली कांगे्रसका नेता एवं सांसद प्रदिप पौडेलले प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादनको निर्णयप्रति  असहमती जनाएका छन् । उनले संसदीय दलको बैठकमा असहमति जनाएका हुन।'मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमाु प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन भनेर मैले असहमती जनाएको हुँ' पौडेलले भने। 

कार्यसम्पादन समितिले प्रतिपक्षमा बस्नेगरी विश्वासको मत दिने निर्णय गरेको थियो। त्यही निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो। 
कायसम्पादन समिती बैठकमा महामन्त्री थापारशर्मा र केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमती दर्ज गराएका थिए।

धेरै पढिएको