पछिल्लो २४ घण्टामा ९०२ जना कोरोना संक्रमित थपिए, मृत्यु संख्या ३०६ पुग्यो
News Desk
Sep-08 , 2020 तारिख 03:19 बेलुका

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्गर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।