टी-२० विश्वकप छनोटका लागि नेपालले पायो १३५ रनको लक्ष्य
News Desk
Nov-03 , 2023 तारिख 06:40 बेलुका

काठमाडौँ- टी–२० विश्वकप छनोटका लागि युएईले नेपाल समक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको हो ।

नेपालका लागि कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिएका थिए ।