कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका छ जना को को (विवरणसहित)
News Desk
Sep-09 , 2020 तारिख 08:53 बेलुका

काठमाडौं, २४ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप छ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र तीन महिला र तीन पुरुषको मृत्यु भएको छ ।

आज मृत्यु हुनेहरुमा काठमाडौंकी एक महिला रहेकी छिन् । मृत्यु हुनेहरुमा कुल पाँच जना वृद्धवृद्धा छन् । एकजना ४२ वर्षीय पुरुष छन् । आजको थपिएका मृतकसँगै कुल मृतक संख्या ३ सय १२ पुगेको छ । जसमध्ये २ सय २५ पुरुष र ८७ महिला छन् ।

मृतकको विवरण

१. नवलपरासीका ६४ वर्षीय पुरुष
२. पर्साका ५४ वर्षीय पुरुष
३. बाँकेका ८० वर्षीय महिला
४. अर्घाखाचीका ४२ वर्षीय पुरुष
५. काठमाडौंका ८३ वर्षीया महिला
६. कास्कीका ७३ वर्षीय महिला