कोरिया फर्कन चाहने कामदारले टेकुमा स्वास्थ्य परीक्षण गराउनुपर्ने
Devil Singh Rajput
Apr-30 , 2020 तारिख 06:34 बिहान

काठमाडौं – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ ।

शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।शाखाले आज एक सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको खबर गाेरखापत्र दैनिकमा छ ।

धेरै पढिएको