पुसको कठ्याङ्ग्रीदो ठण्डी बाड्दो जाडोसंगै नदीको चिसो पानीमा बालुवा चाल्दै सुन खाेज्नने बाेटे समुदाय
News Desk
Dec-19 , 2023 तारिख 06:47 बेलुका

पुसको कठ्याङ्ग्रीदो ठण्डी बाड्दो जाडोसंगै नदीको चिसो पानीमा बालुवा चाल्दै बसोका बोटे समुदायका मानिसहरुको बालुवा चालेर सुन खोज्ने पुर्ख्रयाैली पेशा हो । तनहुँदेखी उनिहरु हरेक वर्ष त्रिशुली नदी किनारामा बालुवा चालेर सुन खोज्न आउने गरेका छन् । यसरी चालेको बालुवाबाट निकालेको सुन विक्रिबाटै जिविको धान्दै आएका उनिहरु आजकाल भने विहान बोलुकीको गर्जौ टार्नसमेत समस्या पर्न थालेको बताउँछन् । सुन भेटिए त विक्रि गरेर विहान बेलुकीको हात मुख जोर्नका लागी अन्नको जोहो गर्ने तर नभेटिए चुलो बाल्न पनी समस्या पर्ने उनिहरुको भनाई छ ।

फिरन्ते जीवन विताउने उनिहरुका युवा पुस्ताले भने यो पेशा विस्तारै छाड्दै गएका छन् । हिउँद होस् या वर्खा उनिहरुको मुख्य पुर्खौंली पोसा नै नदी किनारामा बसी बालुवा चालेर सुन खोज्दै हिड्ने हो । धादिङमा बसोवास गर्ने यो समुदायका मानिसहरुले त सुन खोज्ने पोशाले दैनिकी धान्न नसक्ने भएपछी अन्य पेशा सुरु गर्न लागेका छन। खोला र नदीमा जथाभावी उत्खनन् गरेको कारण यस्तो अवस्था आएको हुन सक्नेबोटे समुदायका मानिसहरुको बुझाई छ ।

अहिले बजारमा सुनको मुल्य प्रति तोला झण्डै एकलाख सत्र हजार नाघी सक्दा समेत बोटे समुदायका मानिसहरुले बालुवा चालेर संकलन गरेको सुनको मुल्य मुस्किलले पचास साठी हजार प्रति तोलाको पाउने गरेको छ । बजारमा उपभोग्य बस्तुहरुको मुल्य बढेकाे र आफुले बालुवा चालेर निकालेको सुनको मुल्य कहिले नबढेकोले पनि यस्तो अबस्था आएको बोटे समुदायका मानिसहरुको भनाई छ । छ देखी नौ महिना फिरन्ते जीवन विताई नदी किनारमा बस्ने ति समुदायको मानिसहरु अहिलेको बढ्दाे महङ्गीले त झनै समस्या भएको बताउँछन् । बिशेषगरी त्रिशुली बुढिगण्डकी, काली गण्डकी र मस्याङ्ग्दी नदीहरुमा बोटे समुदायका मानिसहरु सुन खोज्ने काम गर्दछन्।

धेरै पढिएको