डा. लामा अन्तर्राष्ट्रिय सम्मानद्वारा इन्डोनेशियामा सम्मानित
News Desk
Dec-20 , 2023 तारिख 03:40 बिहान

१६, डिसेम्बर - २०२३ मा नेपालका शिक्षा सेवी, समाज सेवी एवं सकारात्मक सोचका धनी डा. राजु लामा इन्डोनेशियाकी राजकुमारीको जन्मोत्सवको अवसरमा इन्डोनेशिया बालीका सिंह राजा पूरी अगूँग द्वारा एक भब्य समारोहमा "अन्तर्राष्ट्रिय शिक्षा एवं समाजसेवी सम्मान -२०२३" द्वारा सम्मानित भएका छन् । 

सम्मानित डा. लामासँग कुराकानी गर्ने क्रममा वहाँका अनुसार धेरैवटा देशबाट आफूले यस्ता सम्मान पाइसकेको कुरा बताए । उनका अनुसार यस्ता सम्मानले नेपाल र नेपालीको समेत नाम उच्च रहने बताए । आगामी दिनमा पनि आफूले सकेको जति नेपाल र नेपालीलाई विश्व सामु चिनाउने काम गर्ने कुरा बताए । 

डा. लामा रोटरी इन्टरनेशनल कपनका पूर्व अध्यक्ष , निजी विद्यालयको राष्ट्रिय संगठन एन प्याब्सन्का केन्द्रिय सदस्य, आदिमा सहकारीका सदस्य, त्रिरत्न स्कुलका प्रिन्सिपल, युएन युथ नेपालका उपाध्यक्ष लगायत धेरै संघसंगठनमा आबद्ध रहेका छन् । डा. लामाका जनिकका साथी प्रल्हाद दाहालका अनुसार डा. लामा अत्यन्तै सहयोगी, मिलनसार, हक्कि केहि गरौं भन्ने स्वभावका भएको कुरा दाहालले बताए ।

धेरै पढिएको