News Desk
लखनउ । उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकको प्रमुख आतिथ्यतामा भारतको लखनउमा हुन लागेको ‘युपिए अवार्ड’को लागि उत्तर प्रदेश आर्टिष्ट एकेडेमीले भव्य तयारी गरेको छ । शनिवार हुन लागेको अवार्ड सेरोमनीका लागि सुरक्षा व्यवस्था साथै अतिथी सत्कारको लागि तयारी लगभग पुरा भएको आयोजक संस्थाका निर्देशक रईस खानले बताए ।
हजार भन्दा बढिको उपस्थिती माझ एकेडेमीले भारत, नेपाल लगायतका देशका नागरिकहरुलाई युपिए अवार्डबाट सम्मानित गर्न लागेको उनले जानकारी दिए ।कार्यक्रममा दिग्गज बलिबुड कलाकारदेखी मोडल, सामाजिक अभियन्ता, शिक्षाविद, पत्रकार, खेलकर्मी सम्मले सहभागीता जनाउने उनले जानकारी दिए ।
नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्ने नेपाली युवाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि उनले खुलाए ।
यस अघि बलिबुडका दिग्गज समिर अन्जन, फारुक शैख एवम् चर्चित कलाकारहरु अनिल कपुर, रविना टण्डन, भाग्यश्री, राहुल रोयदेखी अब्बास मुस्तान, क्रिकेटर पियुस चावला आदीले युपिए अवार्ड प्राप्त गरेका छन् । २०२३ मा हुन लागेको यो ३० औं युपिए अवार्ड सेरोमनी रहेको छ ।