News Desk
बलाइन्ड चिल्ड्रेन एडुकेसन सेन्ट्रल गोलढुङ्गामा मिसेस नेपाल क्यानडा र मिस नेवाको सहयोग
समाजसेवी सृजना सिन्ह्को प्रमुख आथित्यमा बलाइन्ड चिल्ड्रेन एडुकेसन सेन्ट्रल गोलढुङ्गामा मिसेस नेपाल क्यानडा र मिस नेवाको सहयोगमा शुक्रबार न्यानो कम्बल, औषधी र खाध्यान्न सामग्री वितरन गरिएको छ । समाजसेवी हेमा मानन्धरको अगुवाईमा भएको सो सहयोग कार्यक्रम माझ मिस नेवा को जन्मदिन पनि केक काटेर मनाईयो । दृष्टिबिहिन २३ जना बालबालिकालाइ सहयोग वितरन गरिएको मानन्धरले जनाइन । कार्य क्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी, स्कूलका प्राध्यान्ध्यापक लगायत गोलढुङ्गाका स्थानिय जन समुदायको उपस्थिती थियो।